भोजपुरमा पनि क्यान्सर रोगीको संख्या वर्षेणी वढ्दो, यस्तो छ,क्याक्सरबाट वच्ने उपाए !!


भोजपुर,२१ माघ ।
भोजपुर जिल्लामा पनि क्यान्सर रोगीको संख्या वर्षेणी वृद्धि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भोजपुरमा विषेश गरेर पाठेघर र व्रेष्ट क्याक्सरका रागीको संख्या वढी रहेको स्वास्थ्य  कार्यालयको भनाई छ । जिल्लामा कुनै पनि खालको क्याक्सरको उपचार नहुने भएकोले प्राय यहाँका विरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भोजपुर जिल्लाबाट यो आर्थिक वर्षमा ४२ जना वढी क्यान्सर रोगीले अन्य अस्पतालमा उपचारको लागि सिफारिस लिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी राजुकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला अस्पतालबाट सिफारिस नलिईकन पनि आफै उपचार गर्नेको संख्या पनि निकै रहेको उनको भनाई छ । असन्तुलित खानपान र जीवनशैलीकाका कारण क्यान्सरको जोखिम बढ्दै गएको डाक्टरले बताएका छन् । डाक्टरका अनुसार खानपानमा ख्याल नगर्दा क्यान्सर लाग्ने खतरा ३० प्रतिशत बढी हुन्छ ।

मासुको धेरै प्रयोग र मासुलाई भुटेर, तारेर वा साँधेर खाँदा क्यान्सर लाग्ने खतरा धेरै हुने डाक्टरहरुले वताउने गरेका छन् । यस्तै, प्लाष्टिकमा राखेको खानेकुरा र चिल्लो, पिरो अमिलो, मोटो मानिस र शारीरिक व्यायाम नगर्नेलाई क्यान्सरको खतरा रहेको डाक्टरको भनाई छ । पाठेघर र स्तन क्यान्सर बंशानुगत रोग हो । समयमा नै क्यासर भएको पत्ता लागेमा क्यान्सर निको पार्न सकिन्छ ।

तर धेरैजसो बिरामीहरु क्यान्सर लागेर थलिन थाले पछि मात्रै उपचारमा जाने हुँदा उनीहरुलाई बचाउन मुस्किल भएको डाक्टरले बताएका छन् । नेपालमा ६० हजार जनालाई क्यान्सर लागेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार