प्रदेश १ मा खुल्यो मुख्यमन्त्रीको कार्यालय


विराटनगर २१ माघ । प्रदेश नं १ को मुख्यमन्त्री एव मन्त्रिपरिषदको कार्यालय खुलेको छ । क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयमा कार्यालय खुलेसँगै मुख्य सचिव यादव कोइरालाले पनि आइतबार नै पदवहाली गरेका छन् । उनले हाजिरीमा हस्ताक्षर गरी पदबहाली गरे ।

पदबहालीपछि मुख्य सचिव कोइरालाले प्रदेश १ मा तोकिएका कार्यहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सञ्चालन हुने जानकारी दिए ।

सरकार गठनपछि भौतिक पूर्वाधार निर्माण, विकास, सेवालगायत कामलाई सम्बन्धित मन्त्रालयबाट हुँदै जाने र मुख्यमन्त्री कार्यालयबाट त्यस्ता कामको अनुगमन हुने पनि उनले बताए ।

‘कानुन बनाउने काम, लिखत प्रमाणीकरण ऐन सम्बन्धी कार्यविधि र कार्यविभाजन नियमावली तर्जुमा गरी कार्यान्वयन गरिनेछ’ उनले भने । यी सबै काम सकिएपछि मात्र सरकारले पूर्ण गतिमा काम गर्न सक्ने उनको भनाइ छ ।

मुख्यमन्त्री एव मन्त्रिपरिषदको कार्यालय सचिव सन्तोष श्रेष्ठका अनुसार मन्त्रालयमा २३ जना कर्मचारी रहनेछन् । क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले प्रयोग गर्दै आएको कोठालाई मर्मत गरेर मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको कार्यकक्ष बनाइएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको उक्त भवन एशियाली विकास बैंकको सहयोगमा २०५० सालमा निर्माण गरिएको हो । भवनसँगैको पश्चिमपट्टी भने मुख्यमन्त्रीको निवास राखिने भएको छ । त्यसबाहेक उक्त भवनको अगाडिको भागमा बगैंचा र पार्किङ निर्माण गर्ने जनाइएको छ ।

तीन कार्यालय सञ्चालनमा

प्रदेश सरकारको काम कारबाही सञ्चालनका लागि तीन कार्यालय खुलेका छन् । मुख्यमन्त्री एव मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रम्खको सचिवालय र संसद सचिवालयको कार्यालय सञ्चालनमा आएका हुन् । यी कार्यालय खुले पनि आवश्यक कर्मचारी भने अझै आएका छैनन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञराज खत्री, प्रदेश प्रमुख सचिवालकाका लागि रामकृष्ण गुरागाई र संसद सचिवालयका सचिव ध्रुव घिमिरे विराटनगर आइसकेका छन् । अनलाईन खवर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार