रुखले किचेर युवकको मृत्यु


संखुवासभा, २१ माघ ।

संखुवासभमा रुखले किचेर एक जनाको ज्यान गएको छ ।
रुखले किच्दा सिलिचोङ गाउँपालिका –२ चौरीखर्क बस्ने अन्दाजी २७ बर्षिय अनिल अधिकारीको ज्यान गएको हो ।

 

शनिबार दिउँसो २ बजेतिर घरदेखी एक किलो मिटर पश्चिम जंगलमा दाउराको लागि रुख ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटना स्थलमै मृत्यु भएको हो।

घटनास्थलमा प्रहरी चौकी सिसुवाबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने घटनाबरे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार