भोजपुरको किमालुङ्गबाट भरुवा वन्दुक सहित एक पक्राउ


भोजपुर, २० माघ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले भरुवा वन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भोजपुरको उत्तरी षडानन्द नगरपालिका –९ किमालुङ्गबाट ६३ वर्षिय जगधन राईलाई भरुवा वन्दुक सहित नियन्त्रणमा लिएको हो ।

राईको घरमा वन्दुक छ, भन्ने सुचनाको आधारमा खोजी गर्दा लोड गरी राखेको थान भरुवा वन्दुक फेला परेकोले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

 

राईलाई म्याद थप गरि कानुनी प्रक्रिया अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार