भोजपुरबाट राष्ट्रिय सभा निर्वाचनमा कतिले भोट हाल्दैछन् ?


भोजपुर, १७ माघ ।
राष्ट्रियसभा निर्वाचनका लागि भोजपुरका जनप्रतिनिधिहरुलाई मतदाता शिक्षा प्रशिक्षण दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रियसभा निर्वाचन, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, मतपत्र लगायत विषयहरुमा प्रशिक्षित गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा भोजपुरबाट स्थानिय तहबाट १८ र प्रदेश सभा तर्फबाट २ गरि २० जना मतदान प्रक्रिया सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्लाका दुई नगरपालिका र ७ ओटा गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सांसदहरु, प्रतिनिधिसभाका सांसद र जिल्ला समन्वय समितिका प्रमुख समेतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सभा निर्वाचनका लागि मतदाताको रुपमा रहेका जनप्रतिनिधिलाई मतदाता शिक्षाबारे प्रशिक्षण दिइएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचन यहि माघ २४ गते विराटनगरमा हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार