बिबाहमा एक आपसमा झगडा, एक जनाको मृत्यु


ओखलढुङ्गा, १६ माघ।

ओखलढुङ्गाको मोलुङ गाउपालिका – ७ पात्लेमा सोमबार मादक पदार्थ सेवन गरी कुटपिट हुँदा एक जनाको ज्यान गएको छ।

स्थानिय लाल बहादुर मगरको छोरी सबिना मगरको बिबाहमा सोही ठाउँका पासाङ शेर्पा, साङगे शेर्पा, जिङमे शेर्पा, जनक मगर, कुमार मगर र कमल मगर विच विहान ३ बजेतिर सामान्य विवाद हुँदा कुटपिट भएको थियो। कुटपिटबाट २० बर्षिय कुमार मगर गम्भिर घाइते भएका थिए।

 

उनलाई उपचारकोलागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको छ प्रहरी जनाएको छ । घटनास्थलमा इलका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार