रूखले थिचेर महिलाको मृत्यु


धनकुटा, १३ माघ ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ बस्ने ५८ बर्षिया बिष्णुमाया लिम्बुको रुखले थिचेर ज्यान गएको छ।

शुक्रबार साँझ ५ बजेतिर आफ्नै बारीको रुख काट्ने क्रममा उनलाई सोही रुखले थिचेर गम्भिर घाइते भएकी थिईन्। उनलाई उपचारकालागी जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

घटनाबारे शनिबार विहान मात्र प्रहरी चौकी सिदुवामा जानकारी प्राप्त भएपछी प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार