मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


१२ माघ । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

धादिङको धुनिबेशी नगरपालिका(८ बाहुनडाँडाको मोडमा बा३८प ८५८३ नम्बरको मोटरसाइकल ना३ख २३०० नम्बरको ट्रकमा ठक्कर खाँदा मोटरसाइकलका चालक थाक्रे गाउँपालिका(३ का ४० वर्षीय धनुशरण सुनारको मृत्यु भएको हो ।

 

मोटरसाइकल पछाडि सवार सिन्धुली घर भएकी ३३ वर्षीय दुर्गा बि।क।घाइते भएकोले प्रहरीले जनाएको छ । घाइते बि।क।को गणेशमान अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार