भोजपुरमा यस्तो छ, दुग्ध जन्य उत्पादनको अवस्था


भोजपुर, १२ माघ ।
भोजपुर जिल्लामा गत वर्ष ३० करोड बढिको दुध तथा दुग्ध जन्य पदार्थ उत्पादन भएको जिल्ला पशु सेवा कार्यालय भोजपुरले जनाएको छ । कार्यालय भोजपुरको तथ्याङ्क अनुसार कृषकले आफुले उपभोग गरेर बाँकी रहेको पदार्थबाट ३० करोड १३ लाख ८८ हजार २ सय ५० रुपैया आम्दानी गरेका हुुन् ।

जिल्लाको कुल जनसंख्या एक लाख ८२ हजार २ सय ५९ मध्ये ३२ हजार १ सय ४६ धरधुरी किसानले पशुपालन व्यावसाय गरिहेको कार्यालयले जनाएको छ । जसबाट वार्षिक रुपमा १३ हजार १ सय २१ मेट्रिकट्न दुध उत्पादन हुने कार्यालयको भनाई छ । त्यस्तै ध्यू एक सय १३ र छुर्पी ८२ दशम्लब १६ मेट्रिकट्न उत्पादन गरेका छन् । कृषकहरुले आफैले दुध वार्षिक ९ हजार १ सय ८४ मेट्रिकट्न, घीउ ८२ दशम्लब १६ र छुर्पी ३ दशम्लब ८६ मेट्रिकट्न उपभोग गर्ने गरेको तथ्याङ्कले देखाएको छ । उपभोगबाट बाँकी रहेको ३ हजार ९ सय ३७ मेट्रिकटन दुध, ३० दशम्लब ८५ ध्यू र ७८ दशम्लब ३२ मेट्रिकटन छुर्पी विक्री गर्ने गरेको कार्यालयले जनाएको छ ।

औषतमा एक जना व्यक्तिलाई वर्षमा ७० लिटर दुधको आवश्यक पर्ने भए पनि भोजपुर जिल्ला हाल सम्म दुधमा आत्मनिर्भर नरहेको कार्यालयको भनाई छ । कार्यालयका अनुसार अझै जिल्लामा २ सय ६२ दशमलव ६८ मेट्रिक्टन दुध आवश्यक पर्ने देखिन्छ ।

धेरै किसानहरुले अहिले सम्म उन्नत जातका गाई भैंसी भन्दा पनि स्थानीय जातका गाई भैसी पाल्ने गरेको र स्थानीय तहसम्म कृत्रिम गर्भधानका कार्यक्रम नजानुले पनि आत्मानिर्भर हुन नसकेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक हेमचन्द्र दाहालको भनाई छ । जिल्लामा हाल २ दशमलव ०२ प्रतिशत पाउडर दुधको प्रयोग भएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार