धान र अलैचीको उत्पादनमा वृद्धि, सुन्तलामा गिरावट


भोजपुर, ११ माघ ।
भोजपुर जिल्लामा यस वर्ष धान र अलैचीको उत्पादनमा वृद्धि भएको छ भने सुन्तलाको उत्पादनमा भने गिरावट आएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष ३ हजार ८ सय २० मेटिक्टनले वृद्धि भएको हो । गत वर्ष ४० हजार १ सय मेटिक्टन धान उत्पादन भएकोमा यस वर्ष ४३ हजार ९ सय ३० मेटिक्टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका सुचना अधिकारी युगमणी भट्टराईले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयले कृषकलाई उन्नत जातको धानको विउ वितरणसग, समयमै मल खाद वितरण गरेको लगाएत कारणले धानको उत्पादन वढेको भट्टराईको भनाई छ । भोजपुर जिल्लामा १९ हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । भोजपुर जिल्लाको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिकाका, टेम्केमैयुङ्ग गाउँपालिका लगाएतको स्थानमा वढी मात्रामा धानको उत्पादन हुने जिल्ला विकास कार्यालयको भनाई छ

१ सय ९२ मेटिक्टन अलैची उत्पादन
भोजपुर जिल्लामा यस वर्ष १ सय ९२ मेटिक्टन अलैची उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ४ मेटिक्टन उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष एक सय ८८ मेटिक्टन अलैची उत्पादन भएको थियो । पहिल्लो समयमा यसको खेतिमा लाग्ने कृषक सख्यामा वृद्धि भएको भए पनि भर्खरै मात्र कृषकले खेति विस्तार गरेकाले यस वर्ष कमै मात्र वृद्धि देखिएको हो । जिल्लामा ६ सय ५० हेक्टर खेती विस्तार गरिएको भए पनि ४ सय हेक्टर क्षेत्रफलले मात्र उत्पादन दिने गरेको सुचना अधिकारी भट्टराईले जानकारी दिए । आगामी वर्षबाट भने उत्पादनको मात्रा अझ वढ्ने उहाको भनाई छ । भोजपुर जिल्लालाई अलैची खेतिको लागि निकै राम्रो जिल्ला मानिन्छ । त्यसैले यसको खेतिको विस्तारको लागि एक ओटा व्लग र ६ ओटा पकेट क्षेत्र निर्धारण गरि काम भईरहेको छ । तर पछिल्लो समय अलैची मुल्यमा गिरावट आउदा कृषक भने चिन्तित वनेका छन् । जिल्ला कृषि विकास कार्यालयको अनुसार भोजपुुरमा यस वर्ष अलैची प्रतिमन २५ देखि ३० हजारमा विक्री भईरहेको छ ।

सुन्तलाको उत्पादनमा २० प्रतिशतले गिरावट
धानको उत्पादनमा केहि मात्रामा वृद्धि भएको भए पनि यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । गत वर्षको तुलनामा २० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । जिल्लामा गत वर्ष ४ हजार २ सय मेक्टिन सुन्तला उत्पादन भएकोमा यस वर्ष ३ हजार ३ मेटिक्टन मात्र उत्पादन भएको हो । गत वर्षको तुलनामा यस वर्ष ९ सय मेक्टिक टनले उत्पादनमा कमी आएको हो । उत्पादन घट्नुमा कृषहरुले समयमा वगैचाको व्यावस्थापन गर्न नसक्नु मुख्य कारण रहेको जिल्ला कृषि विकास कार्यालयकाको भनाई छ । गत वर्ष सुन्तलाको राम्रो उत्पदान हुँदा कृषकले लामो समय सम्म वोटमा नै सुन्तला राख्दा यस वर्ष उत्पादन घटेको कृषि कार्यालयले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार फलेको सुन्तला नयाँ फल लाग्नु भन्दा २ महिना अगाडी टिपि सक्नु पर्ने हुन्छ तर गत वर्ष कृषक नयाँ फल लाग्ने समय सम्म कृषकले वोटमै सुन्तला राखेका थिए । भोजपुर जिल्लामा ६ सय ५० हेक्टर सुन्तला खेति हुने गरेको भए हाल ५ सयमा लगाएईको वगैचाबाट मात्र सुन्तला उत्पदान भईरहेको छ भने वाकी क्षेत्रमा भर्खरै मात्र खेती शुरु भएकोले प्रतिफल आउन केहि समय लाग्ने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार