सरकारले भूकम्प र बाढी पीडितलाई थप एक लाख अनुदान दिने, ६५ वर्षमा बृद्धभत्ता



काठमाडौं, माघ ११ – सरकारले भूकम्प पीडित र बाढी पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख दिने निर्णय गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए ।

बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ । यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको हो ।

यस्तै मन्त्रिपरिषद बैठकले महिला, दलित र विपन्न वर्गका लागि एक करोड पूँजी भएको फर्मको दर्ता निःशुल्क बनाएको छ । यसअघि दर्ता गर्न २५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो । सरकारले एक करोडभन्दा माथि पूँजी भएको फर्म दर्ता गर्दा महिला, दलित र विपन्न वर्गलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको वाणिज्यमन्त्री विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार