भोजपुर , ८ माघ ।
भोजपुरको पौवादुङ्मा गाउँपालिका –२ तिवारी भञ्ज्याङ्गमा नवनिर्मित इलाका प्रहरी कार्यालय भवनको उद्घाटन गरिएको छ । भवनको प्रदेश नं १ का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले उद्घाटन गरेका हुन् ।
साढे दुई तला रहेको पक्की भवन एक करोड २२ लाख २ हजार २ सय ५८ रुपैंया लागतमा वनेको कार्यक्रम मार्फत जानकारी दिएको छ । ३५ जना प्रहरी रहन सक्ने गरि वनेको भवनमा सुविधायुक्त पुरुष तथा महिला हिरासत, कार्यालय प्रमुख कक्ष, गार्ड रुम, प्रसासनिक कक्ष, लेखा, भण्डार, अनुसन्धान कक्ष लगाएत साना ठुला गरि १६ ओटा कोठाहरु रहेका छन् ।
भवन जिल्ला प्रहरी कार्यालय भोजपुर र निलगिरी पोखारे कालिका निर्माण सेवा जेभी विच २०६९ मा सम्झौता भई निर्माण सम्पन्न भएको हो । कार्यक्रमा वोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले प्रहरीले जनतालाई सहजरुपमा सुरक्षा प्रदान गर्नु पर्ने वताए । त्यस्तै अनुसन्धान गर्दा प्रहरीले हचुवाको भरमा नभएर प्रमाणको आधारमा गर्नु पर्ने उनको भनाई थियो । कार्यक्रममा निर्माण समितिका अध्यक्ष सहित सदस्यहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । प्रहरी भवन निर्माणको लागि स्थानिय याम प्रसाद तिवारी र अमृत राईले निशुल्क तीन रोपनी १ एक आना जग्गा प्रदान गरेका थिए ।