
भोजपुर, ६ माघ ।
भोजपुरमा विष सेवन गर्दा एक जनाको ज्यान गएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका एक तिम्मा लुङ्खुम वस्ने शरण कुमार राईकी ३२ वर्षिय छोरी मञ्जु राईको ज्यान गएको हो ।
शनिवार वेलुका १२ वजे विष सेवन गरेकी उनको आज दिउँसो १२ मृत्यु भएको प्रहरीले जनाएको छ । विष सेवन गरे पस्चात उपचारको लागि विहान नौ वजे जिल्ला अस्पताल ल्याएको उनलाई जिल्ला अस्पतालले विपि कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान रिफर गरेको थियो ।
धरान तर्फ लैजादै गरिएको उनलाई भोजपुरको पानीट्याङ्कीमा पु¥याए पछि पुनः जिल्ला अस्पतालमा फर्काएको थिए । अस्पताल ल्याइएपछि उनलाई १२ वजे डाक्टरले मृत घोषणा गरेका हुन् । आवश्यक प्रक्रिया पुरा गरि सव परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।