![](https://khabarsansar.com/wp-content/uploads/2018/01/Aagjani-vawan-divijan-office-dkt.jpg)
![](https://khabarsansar.com/wp-content/uploads/2018/01/Aagjani-vawan-divijan-office-dkt.jpg)
धनकुटा, ४ माघ ।
धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले आज दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै पुगेका प्रदर्शनकारीले सरकारी कार्यालयमा आगो लगाएर प्रदर्शन गरेका हुन् ।
बिहान प्रहरीले प्रदर्शनकारीलाई लाठिचार्ज गरेपछि उनीहरु आक्रोसित बनेका छन् । आक्रोसित प्रदर्शनकारी तोडफोड र आजगनीमा उत्रिएका हुन् ।
निषेधित क्षेत्र तोकियो
धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक भएपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । आज मध्यान्हबाट धनकुटा बजारक्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतिले जानकारी दिएका छन् ।
उनका अनुसार जिरोपईन्ट, बसपार्क, बिहिबारे हटिया, लोकसेवा, आँखा अस्पताल लगायत ठाउँमा निषेधित क्षेत्र घोषणा गरिएको हो । संगालो खवरबाट