भोली देखि धनकुटामा अनिश्चितकालिन आम हडताल,भोजपुरलाई समेत असर


नारायण कुमार राई, 
धनकुटा २,माघ । पर्याप्त आधारका बापजुत पटक–पटक आन्दोलन गर्दा पनि सरकारले धनकुटालाई प्रदेश नं.१ को राजधानी नतोकेपछि अब धनकुटाका जनताहरु आन्दोलनलाई श–शक्त पार्ने भएको छ ।

मंगलबार क्षेत्रीय प्रशासन घेराउ र धर्ना दिएको आन्दोलनकारीहरुले बुधबार देखि अनिश्चित कालिन आम हडताल गरेरे शसक्त आन्दोलनको शुरुवात गर्ने भएको छ । आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु क्षेष्ठको अध्यक्षतामा बसेको बैंठकले भोली बुधबार जिल्लाका कलकारखाना,यातायात,शैक्षिक संस्था,बजार बन्दको ठप्प बनाउने निर्णय गरेको छ । आम हडताल बिहान ७ बजे देखि ५ बजे सम्म रहने रहने भनिए पनि समितिले यसको बारेमा आधिकारी जानकारी दिएको छैन । बैठकले प्रदेश सभा क र क का सभासद् द्वय निरन राई,ईन्द्रमणी पराजुली,समानुपातिक सभासद् साबित्रा राई, दलका नेताहरुमा नेकपा माओवादी केन्द्रका सन्देश बिहानी,नेपाली कांग्रेसका दिनेश राई,संघिय समाजवादी फोरमका सरोज राईलाई आम हडतालको बिभिन्न स्थानको जिम्मा दिईएको छ ।

त्यस्तै बजार ब्यबस्थापन समितिका अध्यक्ष बिप्लव श्रेष्ठ,उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष तारा तितुङ्ग लगाएतले आम हडतालको नेतृत्व गर्ने जिम्मा दिएको सूचना अधिकारी नगेन्द्र राईले जानकारी दिए । आम हडतालमा मोटराईकल समेत चल्न नदिने र स्वास्थ्य संस्था,एम्बुलेन्स,सब्जी तथा दुधको गाडी,कुटनितिक नियोगका सवारी,सुरक्षा निकाय र सन्चार माध्यमका सवारीहरु भने निर्वाद रुपमा चल्न दिने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार