को को बन्दैछन् सशस्त्रमा एआईजी


काठमाडौं, १ माघ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी को दरबन्दी थप गरेर प्रदेशमा खटाउने तयारी गरेको खबर राजधानी दैनिकमा छ । नेपाल प्रहरीले साउनदेखि सात वटै प्रदेशमा एआईजी खटाएपछि सशस्त्र प्रहरीले पनि सातै प्रदेशमा एआईजीको दरबन्दी हुनुपर्ने भन्दै लविङ गर्दै आएकोमा शुक्रबारको मन्त्रिपरिषद बैठकले पाँच एआईजीको दरबन्दी थप गरेको हो ।

सरकारले सशस्त्र प्रहरी ऐनविपरीत नियमावलीमा टेकेर एआईजीको दरबन्दी थप गरेको हो । पछिल्लो संशोधन सशस्त्र प्रहरी नियमावली २०७२ मा एआईजीको संख्या तोकिएको छैन । जसका कारण जुनसुकै सरकारले परिस्थितिअनुसार संख्या बढाउन मिल्ने भएकाले अहिले कायम भएको एआईजीको ६ वटा दरबन्दीलाई ११ वटा बनाइएको हो ।

यो संगै अब जानकी भट्टराई, सुवोध अधिकारी, खडानन्द चौधरी, निराकरमविक्रम शाहलगायत एआईजी हुनेछन् । घर जाने बेलामा दरबन्दी थप्न उनीहरुले शक्तिकेन्द्र गुहार्दै आएका थिए । प्रहरी कितावखानाले समेत उनीहरुका नाममा अवकाश मितिको जानकारी गराउँदै प्रधान कार्यालयलाई पत्र लेखिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार