

भोजपुर, १४ मंसिर ।
सरकारले भोली (शुक्रवार) सार्वजनिक बिदा दिएको छ । शुक्रवार हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन परेकोले सार्वजनिक विदा दिने घोषणा गरेको हो । नेपाल सरकार गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि मंसिर १५ र इसाई धर्मावलम्वीहरुको पर्व क्रिसमस डे पौस १० गते सार्वजनिक विदा दिने जनाएको छ । शुक्रवार देशभरका सरकारी कार्यालयसंगै विदेश स्थित नेपाली नियोगमा समेत
सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।
















