भोजपुर, १२ मंसिर ।
भोजपुरका सबै मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम ल्याइएको छ । जिल्लाका एक सय ४८ वटा मतदान केन्द्रका ४ सय ४४ वटै मतपेटिका आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सोमबार सम्ममा सबै केन्दका मत पेटिका ल्याइने भने पनि मौषममा आएको खरावीको कारण साल्पासिलिच्छो गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मंगलवार मात्र सदरमुकाम ल्याइएको हो ।
जिल्लाका अन्य केन्द्रका मतपेकिा आइतबार नै ल्याइएको भएपनि भौगौलिक हिसाबले टाढा रहेका दक्षिणी हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिकाको सोमबार र साल्पासिलिच्छो गाउँपालिकाको मंगलवार ल्याइएको हो ।
भोजपुर जिल्लामा यस पटकको निर्वाचनमा ५७ दशमलव ९ प्रतिशत मतखसेको सहायक निर्वाचन अधिकृत मणीराम पोखरेलले जानकारी दिए । यस अघि सम्म आधिकारिक तथ्याङ्ग सार्वजनिक भएको थिएन ।
जिल्लाका कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ जना रहेकोमा ६६ हजार २ सय १५ मत खसेको छ । जसमा महिला ३३ हजार १ सय ८ र पुरुष ३३ हजार २ सय ७ जना रहेका छन् ।