भोजपुरका सबै केन्द्रका मतपेटिका आज वेलुका सम्म सदरमुकाम आइपुग्ने, कति छन् आउन बाँकी ?


भोजपुर, ११ मंसिर ।
भोजपुर जिल्लाको सवै मतदान केन्द्रको मतपेटिका आज राती सम्ममा सदरमुकाम आईसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको १ सय ४८ केन्द्र मध्ये १ सय ३६ केन्द्रको मतपेटिका सदरमुकाम आई सकेको भए पनि उत्तरी क्षेत्रको १२ ओटा केन्द्रको आज राती ९, १० वजे सम्ममा आई सक्ने मुख्य निर्वाचन अधिकृत हरिस चन्द्र इङ्नामले जानकारी दिए ।

हिजो नै धेरै जसो केन्दको्र मतपेटिका संकलन गरिएको भए पनि भौगालिक हिसावले दुर्गम ठाउहरुको भने सुरक्षा चुनौतीको कारण आज मात्र मतपेटिका सदरमुकाम ल्याईएको हो । आइतवार पहिलो चरण अन्र्तगत भोजपुरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५८ दशमलव १३ प्रतिशत मत्र खसेको अनुमान रहेको जिल्ला निर्वाचनका कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले समयमा तथ्याङ्क संकलन गर्न नसक्दा कति मत खस्यो भन्ने आधिरिक रुपमा सार्वजानिक हुने सकेको छैन् । यसै विच मुख्य अधिकृतको कार्यालय जिल्लामा संकलन गरिएका मतपेटिको सुरक्षाको विषयमा राजनैतिक दलहरुसंग छलफल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार