भोजपुरमा शान्तीपुर्ण रुपमा मतदान सम्मपन । कति खस्यो मत ?


भोजपुर १० मंसिर ।
आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्ला भर ५८ प्रतिशत मत खसेको अनुमान गरिएको छ । सवै ठाउमा फोन सम्पर्क नभएकोले केहि मतदान केन्द्रको पछिल्लो जानकारी आउन बाँकी रहेका जिल्ला निर्वाचन कार्यलय भोजपुरले जनाएको छ । स्थानिय तहको निर्वाचनमा भने ६६.३१ प्रतिशत मत खसेको थियो । स्थानिय तहको निर्वाचनको आधारमा तुलना गर्ने हो भने ८ प्रतिशतले कम खसेको छ । भोजपुरमा पर्व मन्त्री शेरधन राईले आमचोक गाउपालिका वाट र पर्व मन्त्री कृर्पासुर सेर्पाले भोजपुर नगरपालिका बाट मतदान गरेका गरेका छन् ।
१ सय ४८ मतदान केन्द्र मध्य १ सय मदतान केन्द्रको आजै सदारमुकाम ल्याईने र बाँकी ४८ मतदान केन्द्रको भने भोली ल्याईने प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले जानकारी दिए । प्रदेश १ मा ५८ हजार ३ सय ८३ र २ मा ५५ हजार ३ सय ६२ मतदाता छन् । ८७ मतदानस्थल तथा १ सय ४८ मतदान केन्द्र छन् । १७ वटा अति संवेदनशिल, २४ वटा संवेदनशिल र ४६ वटा सामान्य मतदान स्थलहरु रहेका थिए ।

जिल्लामा १ लाख १३ हजार ७ सय ४५ मतदाता मध्ये जिल्ला भित्र रहेका सबै मतदाताले भोट लगाएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए । विगतमा निर्वाचन विरोधी र उम्मेदवार लक्षित गतिविधिहरु भएकाले संवेदनशिल जिल्लाका रुपमा लिएको थियो । सुरक्षा व्यवस्था गरे अनुसार अपेक्षाकृत रुपमा सभ्य र भव्य रुपमा सम्पन्न गर्न सकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार