भोजपुरका व्लड क्यान्सर पीडितलाई ‘भोजपुर सेवा समाज युएई’को सहयोग


क्यान्सर पीडित वालकका वुवालाई सहयोग रकम हन्तान्तरण गर्दै समाजका उपाध्यक्ष चन्द्र दाहाल ।

भोजपुर, १७ वैसाख ।
भोजपुर सेवा समाज युएईले भोजपुर आम्तेकका व्लड क्यान्सर पीडितलाई एक वालक आर्थिक सहयोग गरेको छ । समाजले चलाएको अभियान मार्फत संकलित ४६ हजार ३ सय ८६ रुपौया भोजपुर नगरपालिका –११ आम्तेक घर भएका विवेक आचर्यलाई हस्तान्तरण गरिएको हो ।

९ वर्षको उमेरमा व्लड क्यान्सर भएका वालकको एक वर्ष देखि भरतपुर क्यान्सर चितवनमा उपचार अस्पतालमा भईरहेको छ । आर्थिक अवस्था कमजोर रहेको आचर्यको परिवारलाई सोमवार समाजका उपाध्यक्ष चन्द्र दाहालले पीडितका वुवालाई काठमाण्डौमा भेटेर रकम हस्तान्तरण गरेको समाजका सह– कोषध्यक्ष टिकाराम वस्नेतले जानकारी दिए ।

समाजका अध्यक्ष भिम थापाले ‘विवेक वचाऊ अभियान’मा आवद्ध भएर सहयोग गर्ने सवैलाई धन्यावद दिदै आमगी दिनमा पनि यस्तो काम तत्पर भएर जुट्न सवैमा आग्रह गरे । अध्यक्ष थापाले भने‘ यो समाज जिल्लामा हुने कुनै पनि आपत विपतको समयमा सहयोग गर्न तत्पर छ, र हामीले सहयोग पनि गरिरहेका छौ ।’ साथै उनले समाजमा आवद्ध हुन सवै भोजपुरलाई आग्रह समेत गरे ।

समाजको पहलमा सञ्चालन भएको अभियान मार्फत ३२ जना वढी नेपालीले सहयोग गरेको समाजका सचिव सुरेन्द्र लामा जानकारी दिए । दैबीक प्रकोप तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएको र आगमी दिनमा पनि यो सहयोग जारी रहने समाजका बरिष्ठ उपाध्यक्ष राम प्रसाद राईले वताए । उनले भने‘ हामीले आपतमा परेकाहरुलाई आफुले सकेको सहयोग गरिरहेका छौ, र आगमी दिनमा पनि यो अभियान जारी रहन्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार