भोजपुर १ मंसिर ।
पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवार माथि आक्रमण समेत भइरहेको छ । आक्रमण उम्मेदवारमाथि लक्षित भएपछि सरकारले सुरक्षा व्यवस्थालाई पनि कडाइ गर्दै लागेको छ । पूर्व सुचना तथा सञ्चारमन्त्री एवम प्रदेश सभा भोजपुर क्षेत्र नं २ का प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेद्वार शेरधन राई चढेको गाडिमा आक्रमण भएपनि उनि वाच्न भने सफल भए ।
चुनावी सभाका लागि जाने क्रममा २८ गते बिहान पश्चिमी टेम्केमैयुङ गाउँपालिका वडा न. – ६ मा पर्ने गुम्बामा खाजा खाएर टोलि अघि बढेको थियो । सदा झै उम्मेदवारको सुरक्षाका लागि अगाडिको सिटमा चालक संगै वसेका थिए अङ्गरक्षक डिल्ली देवकोटा । टोलि एक किलोमिटर अगाढि बढेपछि सिक्तेल खोलाको माथि रहेको घुम्तिमा गाडि घुमाउने क्रममा भिरबाट ढुङ्गा सहित कुकुर बम र गोलि प्रहार भएको थियो ।
वम पहार संगै धुलो र धुवा फैलिएपछि गाडिमा भएका सबै अत्तालिएका थिए । राईका अङ्गरक्षक नेपाल प्रहरीका प्रहरी साहयक निरिक्षक डिल्ली देवकोटाले आफु घाइते भएर पनि उम्मेदवारको टोलिलाई सकुसल बचाए । उम्मेदवार चढेको गाडिमाथि बम र गोलि वर्षिरहदा उनि भने जवाफि कारवाहिमा उत्रिसकेका थिए ।
उम्मेदवार राईलाई भवितव्यबाट बचाउन ज्यानको ख्यालै नगरी जवाफिमा एक्लैले २१ राउण्ड गोली फाईरिङ गदै सुरक्षित स्थानसम्म पुराएका थिए । उनको दाँया हातबाट रगत बगिरहँदा पनि शत्रुको निरन्तर सामना गरिरहे उनले ।
अङ्गरक्षक प्रहरी साहयक निरीक्षक डिल्ली देवकोटाले उम्मेदवार शेरधन राईलाई सिटमा लुकाउदै जवाफि फायर गर्न वाहिर निस्किएका थिए । अप्ठ्यारो ठाउँमा वम प्रहार संगै गोलि समेत चलेपछि डिल्ली देवकोटाले जवाफि फायर गरेका थिए ।
आफु घाइते भएर पनि उम्मेदवारलाई सकुसल उद्धार गरि सुरक्षित स्थान सम्म ल्याएका थिए । त्यसका लागि उनले आफुसंग भएको १४ राउन्ड गोलि समेत खर्चेका थिए ।
६ जना भन्दा वढि रहेका आक्रमणकारीसंग उनले दोहोरो भिडन्त लडेका थिए । उनको प्रतिकार पछि आक्रमणकारि सिक्तेल खोला तर्फ भागेको स्थानिय वासिले बताए । उनको दाहिने हातमा बमको छर्राले लागेको छ ।
आफुलाई बचाउने क्रममा अङ्गरक्षक प्रहरी साहयक निरिक्षक डिल्ली देवकोटा घाइते भएको मन्त्री राईले बताए । धुलो र धुवाले ढाकेको अप्ठारो परिस्थितिमा पनि अङ्गरक्षकले चलाखिपुर्वक प्रतिकार गरेको कारण आफुहरुको ज्या बचेको उम्मेदवार राई संगै रहेका नेकपा एमाले प्रचार विभाग प्रमुख मकर खड्काले बताए ।
आक्रमणमा परेको गाडिभन्दा अघिल्लो गाडिमा रहेका सैन्यविद डाक्टर इन्द्रजित राईले अङ्गरक्षकको सहि निर्णयका कारण शेरधन राई लगाएतको ज्यान बचेको बताए । आक्रमणकारीले निकै सुजबुझका साथ आक्रमण गर्ने स्थान छनौट गरेको देखियो अङ्गरक्षकले सहिसमयमा प्रतिकार नगरेको भए जे पनि हुन सक्थ्यो ।
आक्रमणकारिले गाडिको अगाडि भागा मात्र पाँच भन्दा वढि गोलि प्रहार गरेका थिए । सांघातिक आक्रमणबाट बचाउन अङ्गरक्षकबाट सहि समयमा सहि निर्णय र काम भएको गाडीमा संगै रहेका तिलकराम राईले बताए ।
निरन्तर गोलि चलिरहदा पनि अङ्गरक्षक देवकोटाले ज्यानको प्रवाह नगरि प्रतिकार गरेको उनले राईले बताए । सिन्धलीको दुधौली गाउँपालिका वडा नं ७, भलुवाई घर भएका देवकोटा विगत १९ वर्ष देखि देशको सेवामा रहेका छन । उनले २०५५ सालबाट प्रहरी सेवामा जागिर थालेका प्रहरी साहयक निरीक्षक दिल्ली देवकोटा ११ वर्ष देखि अङ्गरक्षकको जिम्मेवारिमा छन् ।