खाद्य संस्थान भोजपुरमा चामल आएन, यस्तो छ, संस्थानको प्रतिक्रिया !


भोजपुर, ८ वैसाख ।

नेपाल खाद्य संस्थान साखा कार्यालय भोजपुरमा चामल सकिएको २ महिना वित्दा समेत चामल नआएको कार्यालयले जनाएको छ ।

चामल सकिए पस्चात टेन्डर गरिएको भए पनि हाल सम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्त वहादुर भण्डारीले वताए । सर्वसाधरणलाई वितरण गर्ने चामल २ महिना अगाडी नै सकिएको र कारगारलाई दिइदै आएको चामल पनि यो महिना सम्मको लागि मात्र स्टक रहेको उनको भनाई छ ।

जिल्लामा यस वर्षको लागि ५ सय क्विन्टलको लागि टेन्डर भईसकेको कार्यालयले जनाएको छ । टेन्डर प्रक्रिया सकिएको भए पनि ठेकेदारको ढिलाईको कारण चामल आउन ढिला भएको कार्यालयको भनाइ छ ।

पछिल्लो समय ठेकेदारसंग कुरा गर्दा आइतवार सम्ममा चामल उठाउने जानकारी दिएको प्रमुख भण्डारीले जानकारी दिए। खाद्य संस्थानमा नै चामलको स्टक नभए पछि कुनै पनि समय जिल्लामा हुने सक्ने दैविक प्रकोपमा आपतकालिन रुपमा खाद्यन्न वितरण गर्नु पर्ने खण्डमा भने समस्या हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार