नयाँ वर्षको अवसरमा दुवर्इमा ‘भोजपुरेहरुको जमघट हुने’ यस्तो छ, तयारी !


भोजपुर,१८ चैत्र ।

 भोजपुर हातेमालो समाज युएईले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा दुवईमा भोजपुरहरुको जमघट गर्ने भएको छ । शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम मार्फत भोजपुरबाट वैदेशिक रोजगारीको लागि दुवई पुगेका नेपालीहरुको चिनजान तथा भेटघाट गर्नको लागि कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ ।

समाजको स्थापना १ सेप्टेम्बर २०१७ मा वैदेशिक रोजगारिको शिलशिलामा जन्मभुमि भोजपुर जिल्लाबाट  युएई पुगेर विभिन्न ईमिरेट्मा कार्यरत जिल्लाबासिहरुसंग हातेमालो गर्दै सबै एकताबद्ध भइ समन्वय र सहकार्य गरेर बैदेशिक रोजगारिमा रहेका बेला आपत – बिपतमा परिहाले सबै मिलिजुलि यथाशीघ्र आवश्यक सहयोग गर्न सहजहोस भन्ने उदेश्यले कार्यक्रम गर्न लागिएको हो ।

१३ अप्रिल २०१८ शुक्रबार का दिन युएईको राजधानी अबुधावि स्थित हेरिटेज पार्कमा कार्यक्रम आयोजना गरिने भएको हो । यसको निमन्त्रणा कार्ड समेत समाजका प्रतिनिधिहरुलाई पठाइसकेको समाजका प्रवक्ता काजल राईले वताइन् । समाजका क्षेत्रिय समितिहरुले अवुधावि, अल ऐन र दुबईसंग सहकार्य गरि उक्त कार्यक्रमको तयारी तिब्र रुपमा अगाडि बढिरहेको कार्यक्रम संयोजक अवतार योन्जनले जानकारी दिए।कार्यक्रममा उपस्थिति हुनेको लागि २३ ओटा संघ सस्थालाई पत्रचार गरिएको समाजले जनाएको छ ।

अल ऐन क्षेत्रमा रहेका जिल्लावासीहरुलाई समेट्न भोजपुर हातेमालो समाजका केन्द्रीय उपाध्यक्ष प्रेम शेर्पा र क्षेत्रिय समिति अध्यक्ष छिरिङ शेर्पाले सहकार्य गरेका छन् भने दुबई बाट केन्द्रीय उपाध्यक्ष सुबास राई र क्षेत्रिय अध्यक्ष सरोज बानियाले गर्ने भएका छन्। त्यस्तै अवुधावि क्षेत्रका लागि केन्द्रीय सचिव राम कुमार तिरुवाले समन्वय गर्ने भएका छन्। समाजले स्थापना कालदेखि नै सामाजिक कार्यमा जुट्दै आइरहेको छ। समाजले  केहि समय  मात्रै भोजपुरको जिल्ला अस्पताल भोजपुर, इलाका हस्पिटलहरु दिङला र घोरेटारलाई ह्विल चेयर प्रदान गरिसकेको छ।

त्यस्तै बैदेशिक रोजगारमा अलपत्र परेकि साहुबाट पिडित धरानमा उपचाररत शान्ता राईलाई आर्थिक सहयोग गरिसकेको छ भने खोटाङका मृगौला रोग पिडित मदन राईलाई पनि आर्थिक सहयोग गरिएको र आगामि दिनमा पनि समाजले सामाजिक कार्यमा सधै अग्रणी भुमिका निर्वाह गर्दे विशेष गरि युएई क्षेत्रमा रहेका  नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुका लागि पहिलो प्राथमिकता दिइने समाजका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र राईले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार