धनकुटामा आगो निभाउने क्रममा जलेर मृत्यु


धनकुटा, ९ चैत ।

धनकुटाको सहिदभूमी गाउँपालिका–२ स्थित ईलामे थालाखाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सहिदभूमी गाउँपालिका–२ का ५० बर्षीय वेनु प्रसाद छारा छन् ।

 

विहीबार अपरान्ह ३ बजेतिर आगो निभाउने क्रममा आगोले पोलेर गम्भीर घाईते भएका छारालाई उपचारका लागि विराटनगर लैजादै गर्दा वाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आगलागीबाट उनको १ तले घर र गोठसमेत जलेर नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार