मेयर आलेद्धारा आफ्नो कुरा रेकर्ड नगर्न चेतावनी, सार्वजनिक कार्यक्रममा राखेको सञ्चार उपकरण आफैले हटाए


भोजपुर, ७ फागुन ।
भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा सञ्चारकर्मीलाई आफ्नो आवाज रेकर्ड नगर्न चेतावनी दिएका छन् ।

 

सोमवार प्रजातन्त्र दिवसको अवसरमा भोजपुरको सामुदायिक भवनमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा आफुले व्यावहारिक कुरा गर्ने भन्दै सञ्चार माध्यमले राखेका रेकर्डर हटाएका हुन् ।

 

कार्यक्रममा वोल्ने क्रममा आफुले वोलेका कुरा रेकर्ड नगर्न भन्दै सञ्चार माध्यमहरुले  राखेका  सञ्चार उपकरण आफैले हटाएका थिए ।
जनप्रतिनिधिले वोलेका कुरा आम श्रोता तथा दर्शकले जान्न पाउने कुरालाई व्यावस्ता गर्दै आलेले गरेको सो कार्यप्रति सञ्चारकर्मीले आपत्ती जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार