जिप दुर्घटना, दुईको मृत्यु, पाँच घाइते


पाँचथर, १३ माघ  ।

पाँचथरको याङवरक गाउँपालिका ३ मा गएराती यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

वारेबुङबाट ओयाम बजारतर्फ यात्रु बोकेर आउँदै गरेको ग १ ज ६०८५ नम्बरको जिप राती साढे १० बजेतिर याङवरक गाउपालिका ३ स्थित सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा जिपका चालक याङवरक ३ बस्ने १९ वर्षिय प्रवेश योङया र यात्रु वर्ष १६ को सन्दिप योङयाको मृत्यु भएको छ ।

 

त्यसैगरी घाइतेहररु पाँचथर याङवरक ३ वस्ने वर्ष १२ को वलराम योङया सोही ठाउँका १३ वर्षीय प्रदिप राई १७ वर्षीय लक्ष्मण राई र २४ वर्षीय मनोज गुरुङ गम्भिर घाइते भएका छन् । अर्का घाइते १६ वर्षीय ईशाक योङया सामान्य रहेका छन्।

घाइतेहरुलाई प्रहरी चौकी थर्पु, चरीभञ्ज्याङ र फलैचाबाट गएको प्रहरीले उद्दार गरी जिल्ला अस्पताल पुर्‍याई सामान्य उपचार पश्चात विर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा पठाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार