हजार चोटि तिमिलाइ मैले बोलाए


गणेश महतारा

हजार चोटि तिमिलाइ मैले बोलाए

हजार पल्ट तिमिलाइ खोज्दै टोलाए

कहाँ थिएउ तिमी मायालु भनन मलाई
तिम्रो निम्ति मेरो मनको दैलो खोलाए

तिमिलाइ पाउने आसा बोकेर मै ले
यो मेरो तनलाइ धेरै पल्ट डोलाए

माफ गरिदिए तिम्रा सारा गल्तिहरुमा
दिएका सारा पिडाहरुलाइ मायामा घोलाए

तिम्रो माया र साथ पाउने आशामा मै ले
मृत्युको मोल पनि खै किन मोलाए

तिम्रो मायाको नसा लागि सकेसी मलाई
मेरो मन कयौ पल्ट आगोमा पोलाए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार