
भोजपुर, २४ चैत ।
भलिबल खेलको विकासका विषयमा भोजपुरमा सरोकार पक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल भलिबल संघको आयोजनामा सरोकारवाला पक्षसँग छलफल गरिएको हो ।
जिल्लाको खेल क्षेत्रको विकासका लागि आगमी दिनमा कसरी अघि बढ्न सकिन्छ तथा खेल क्षेत्रको हालको अवस्थालगायतको जानकारी लिन उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय,खेल क्षेत्रका अगुवा, खेल प्रशिक्षक, खेलाडीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले खेल क्षेत्रको विकास लागि राज्यले ध्यान दिन आवश्यक रहेको धारणा राखेका छन् ।


















