भोजपुरलाई दक्षिणी क्षेत्रबाट पनि तराईसग जोड्ने तयारी, यसरी हुदैछ काम


भोजपुर, ६ माघ ।
भोजपुरलाई दक्षिणी क्षेत्रबाट पनि तराईको जिल्लामा जोड्को लागि सडक विस्तारको कामलाई तिव्रता दिएको छ । जसको लागि हतुवागढी गाउँपालिकाले विषेश योजना वनाएर लागेको जनाएको छ । यसै अनुरुप भोजपुर सदरमुकामबाट घारेटार, हुँदै चतराघाट सम्म जोडिने सडकको शनिवार अनुगमन गरिएको छ।

सडकको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राई, उपाध्यक्ष चन्द्रमा राई, वडा अध्यक्षहरु सहित गाउँपालिकाको प्राविधिको टोलीले अनुगमन गरेको हो । सो क्षेत्रलाई चतराघाट सम्म जोड्नको लागि ४ दशमलव ५ किलो मिटर क्षेत्रमा सडक विस्तारको काम पनि शुरु भएको छ ।

हतुवागढी गाउँपालिकाले १५ लाख वजेट विनियोजन गरेर सडक निर्माणको काम शुरु गरेको हो । अनुगनको क्रममा सडक विस्तारको कामलाई तोकिएको समयमा गुणस्तरिय ढंगबाट काम सम्पन्न गर्न गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले निर्देशन समेत दिएका छन् । भोजपुर सदरमुकामबाट सो सडक खण्डको लम्वाई करिव ९० किलोमिटर रहेको जनाइएको छ । सडक निर्माण पस्चात भोजपुर दक्षिणी क्षेत्रबाट पनि तराईसंग सिधा यातयातको पहँुचमा आउने छ ।

गाउँपालिका प्रमुख पेमकुमार राईका अनुसार उदयपुर जिल्लामा पनि सो सडक खण्डलाई भोजपुरसंग जोड्नको लागि सडक विस्तार भइरहेको छ । सडक विस्तारसंगै स्थानिय उत्साहित वनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार