भोजपुर, ५ माघ । भोजपुरको १२ स्थान डकर्मी तालिम सञ्चालन गरिने भएको छ । अव वन्ने संरचना भुकम्प प्रतिरोधि वनाउने साथै दक्ष डकर्मी उत्पादान गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो ।
यसैविच शुक्रवार भोजपुर नगरपालिकामा सो सम्वन्धी तालिम शुरु भएको छ । सात दिन सम्म सञ्चालन हुने तालिममा भोजपुर नगरपालिकाका वडा नं ७, ८, ९ र १२ का २५ जनाको सहभागीता रहेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख चेतनाथ गौतमले जानकारी दिए ।
त्यस्तै आगामी दिनमा भोजपुर नगरपालिकाको वोखिम, श्यामशिला, षडानन्द नगरपालिकाको दिंला र साङ्गपाङ्गसंगै अन्य सात ओटा स्थानिय तहमा पनि यो तालिम सञ्चालन गर्ने तयारी रहेको प्रमुख गौतमको भनाई छ ।
अन्य स्थानमा सञ्चालन हुने तालिममा पनि २५ /२५ जना नै सहभागी हुने उनको भनार्इं छ । तालिम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोग र घरेलु तथा साना उद्योग विकास समितिको तालिम सञ्चालन गरिएको हो ।