भोजपुरमा करेन्ट लाग्दा जलविद्युत् आयोजनाका कामदारको मृत्यु


भोजपुर, १४ साउन । भोजपुरमा करेन्ट लाग्दा जलविद्युत् आयोजनामा काम गर्ने कामदारको मृत्यु भएको छ । गएराति विद्युत् सर्ट भएर करेन्ट लाग्दा चिर्खुवा खोला हाइड्रोपावरका कामदार १८ वर्षिय सुशान्त चौधरीको मृत्यु भएको योजनाका व्यवस्थापक रविन बुढाथोकीले जानकारी दिए ।

आयोजानमा वेल्डिङको काम गर्दै गर्दा अचाजक विद्युत् सर्ट भएर चौधरीलाई करेन्ट लागेको उनको भनाइ छ । चौधरीको स्थायी ठेगाना सर्लाही लालबन्दी रहेको प्रहरीको भनाइ छ । करेन्ट लागेर घाइते बनेको चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । षडाननन्द नगरपालिका १ मा निर्माण भईरहेको चार दशमलब सात मेघावाट क्षमताको यो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार