नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको २१ औँ जिल्ला परिषद सम्पन्न


भोजपुर, २६ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको २१ औँ जिल्ला परिषद बैठक सम्पन्न भएको छ । परिषद बैठकमार्फत संगठनले हालसम्म गरेका काम तथा भावी योजनाहरुको विषयमा छलफल गरिएको छ । ‘गौरवशाली विगत चुनौतीपूर्ण वर्तमान, लगानीमा बृद्धि गरी सार्वजनिक शिक्षाको उन्नयन,शिक्षा ऐन र सबै तहमा शसक्त संगठन’ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो ।

परिषद मार्फत संगठनलाई सक्तश बनाउदै शिक्षकको हक अधिकारका विषयमा भूमिका खेल्ने लगायत निर्णय भएको नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका अध्यक्ष ध्रुवराज रेग्मीले बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन शिक्षकहरुको सबै भन्दा ठुलो संगठन रहेकोले शिक्षा क्षेत्रको सुधारसँगै शिक्षकको हक अधिकार स्थापित गर्न संगठनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

‘जिल्ला परिषद मार्फत विभिन्न महत्वपूर्ण निर्णयहरु भएका छन्’ अध्यक्ष रेग्मीले भने,‘हालसम्म भएका गतिविधि सार्वजनिक गरेका छौँ । त्योसँग आगमी दिनमा गरिने योजनाहरुको पनि निर्णय गरेको छौँ।’ रिषदमार्फत संगठनको भवन निर्माणलाई प्राथमिकता साथ अघि बढाउने निर्णय भएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिति नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेश इन्चार्ज धर्मनन्द खरेलले शिक्षकहरुको हक अधिकार स्थापित गर्न सवै शिक्षक एकजुट हुन आवश्यक रहेको बताए । संगठनका गतिविधिलाई जनस्तरसम्म पु¥याउन भूमिका खेल्नु पर्ने उनको भनाइ थियो । संगठनले शैक्षिक उत्थानसँगै सम्मानजनक अवस्थामा काम गर्ने वातावरण बनाउन राज्यलाई खबरदारी गर्दै आएको उनले बताए ।‘शिक्षकहरुको हक अधिकारसँगै सम्मानजनक काम गर्ने वातावरण सिर्जना गर्न संगठनले अग्र स्थानमा रहेर राज्यलाई खबरदारी गरिरहेको अवस्था छ’ इन्चार्ज खरेलले भने,‘हामी एक जुट भएर संगठन विस्तारलाई तल्लोस्तरसम्म पु¥याउन आवश्यक छ ।’

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष गंगा प्रधान, सांगठनिक प्रतिवेदन सचिव विष्णुकुमार राई र महिला विभाग प्रतिवेदन सरस्वति राईले प्रस्तुत गरेका थिए ।संगठनका अध्यक्ष ध्रुवराज रेग्मीको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अथिति कोशी प्रदेश इन्चार्ज धर्मनन्द खरेल रहेका थिए । परिषदमा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य यदु सुवाल, केन्द्रिय सदस्य मनकाजी राई, कोशी प्रदेश उपाध्यक्ष सरिता तामाङ, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष तिर्थकुमार राई, पूर्व केन्द्रिय सदस्यहरु जयलक्ष्मी राई, देवी तामाङ, पूर्व अध्यक्ष गुरुप्रसाद राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार