भोजपुरका २१ वडाको परिणाम सार्वजानिक, कुन वडामा कस्को जित ?


भोजपुर २ जेष्ठ । स्थानीय तहको मत गणनाअनुसार भोजपुरका २१ वडाको मत परिणाम सार्वजानिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसले वडातहमा अग्रता लिएको छ । नेपाली कांगे्रसले ८, नेकपा एमालेले ७ र माओवादी केन्द्रले ६ वडामा जित हासिल गरेको छ ।
जसमध्ये पौवादुङमा गाउँपालिका वडा नं। २, साल्पासिलिछो गाउँपालिका वडा नं १ र ३, षडानन्द नगरपालिका वडा नं ८, भोजपुर नगरपालिका वडा नं २ र ३, आमचोक गाउँपालिका वडा नं १ र २ मा सत्ता गठबन्धनको कांग्रेस विजयी भएको छ । त्यस्तै पौवादुङमा गाउँपालिका वडा नं १, साल्पासिलिछो गाउँपालिका वडा नं २, षडानन्द नगरपालिका वडा नं १४, हतुवागढी गाउँपालिका वडा नं १ र ९, रामप्रसादराई गाउँपालिका वडा नं ८, अरुण गाउँपालिका वडा नं १ मा नेकपा एमाले विजयी भएको छ ।

त्यसैगरि सत्तागठबन्धनकै माओवादी केन्द्रले भोजपुर नगरपालिका वडा नं १, टेम्केमैयुङ गाउँपालिका वडा नं ९, आमचोक गाउँपालिका वडा नं ९ र १०, रामप्रसादराई गाउँपालिका वडा नं १, अरुण गाउँपालिका वडा नं २ जितेको छ ।

पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा भोजपुर नगरपालिका, र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धन र षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिकामा नेकपा एमाले, आमचोक गाउँपालिकामा माओवादी केन्द्र र अरुण गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार