देशको विकासमा व्यवसायीको भूमिका महत्वपूर्ण छ : एमाले नेता राई


भोजपुर, २२ पौष । देशको विकास र समृद्धिमा व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको एमालेका स्थानीय कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईले बताएका छन् । विहिवार भोजपुर सदरमुकाममा भएको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै राईले यस्तो बताएका हुन् । साथै राईले व्यवसायीहरुले जिल्लामा नमूना योग्य काम गर्नु पर्नुे बताए ।

नेता राईले भने, ‘देशअहिले एमालेले लिएको नीतिको पेरीफेरीमा घुमिरहेको छ । तपाई एमालेको विचारसंग आवद्ध व्यवसायीहरुले देशको विकाससँगै पार्टीको हितमा निकै ठुलो योगदान पुर्याउनु भएको छ । यो जिल्लामा तपाई हामी एक साथ भएर एउटा नमूना योग्य काम गर्न आवश्यक छ ।’
एमाले प्रदेश कमिटी सदस्य तथा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका भोजपुरका इन्चार्ज राजन श्रेष्ठले सबै व्यवसायी एक भएर यहाँको उद्योग व्यवसायको विकासमा जुट्नु पर्ने बताए । इन्चार्ज श्रेष्ठले भने,‘ हामीले देशको विकासमा ठुलो योगदान गर्न सक्छौँ र त्यो हामीले गरिरहेका पनि छौँ । अब हामीले यहाँ कार्यसमिति निर्माण गरेर देशसँगै उद्योग व्यवसायीहरुको हितमा एकजुट भएर काम गर्न आवश्यक छ ।’ विहिवार भएको प्रथम जिल्ला भेलाले नविन प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार