रामप्रसादराई गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १७५ जना एमालेमा प्रवेश


भोजपुर, १२ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एक सय ७५ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको रामप्रसादराई गाउँपालिकाको अधिवेशन मार्फत उनीहरु प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुलाई नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं १ नं प्रदेश कमिटी सह–ईन्चार्ज एवं निवर्तमान मुख्यमन्त्री शेरधन राईले पार्टीमा स्वागत गरेका छन् ।
वडा नं ६ बाट माओबादी केन्द्र परित्याग गरी राम बहादुर विश्वकर्मा (नगेन्द्र ) र मन्दिरा राईको नेतृत्वमा ५५ जना प्रवेश गरेको नेकपा एमाले जिल्ला पार्टी सचिव मकर खडकाले बताए । त्यस्तै माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी भुपाल पाण्डेको नेतृत्वमा १५ जना प्रवेश गरेका छन् । वडा नं ३ बाट राज राई र मनकुमार राईको नेतृत्वमा माओवादी केन्द्र, नेपाली काङग्रेस र संघीय समाजवादी परित्याग गरी ३५ जना प्रवेश गरेको एमालेले जनाएको छ ।

त्यस्तै वडा नं ८ बाट माओवादी केन्द्र र नेपाली काङग्रेस परित्याग गरी मौसम राई र युवराज राईको नेतृत्वमा ३० जना र वडा नं ७ मा पनि माओवादी केन्द्र र नेपाली काङग्रेस परित्याग गरी १५ जना प्रवेश गरेको एमालेको रामप्रसादराई गाउँपालिका कमिटी अध्यक्ष चित्रलाल विकले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार