हत्या गरी फरार भएका व्यक्ती २७ वर्षपछि पक्राउ


भोजपुर,२१ भदौ । कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक ब्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ का ५३ वर्षीय मन केशर राईलाई प्रहरीले पक्राउ गरेको हो । २०५० सालमा सोही गाउँपालिकाको वडा – ७ बस्ने २५ वर्षीय राजधन राई को हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले तीन वर्ष कैद फैसला गरेको थियो । प्रहरीले लुकीछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका राईले जिल्ला अदालतमा उपस्थित गराए पश्चात कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राई विरुद्ध परेको उजुरीका आधारमा अदालतले २०६१ सालमा कैद फैसला गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार