भोजपुरमा बालकलाई खुकुरी प्रहार गरी फरार ब्यक्ति पक्राउ


भोजपुर २४ वैशाख ।
भोजपुरमा १३ बर्षीय बालकलाई खुकुरी प्रहार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत २० गते षडानन्द नगरपालिका -४ का युबराज राईका  १३ बर्षका छोरा अरबिन राईलाइ बाख्रा चराउँदै गरेको अवस्थामा सोही ठाउँ बस्दै आएका ४९ बर्षिय जगदिश सार्कीले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएर फरार भएका थिए ।

फरार रहेका सार्कीलाई प्रहरी चौकी कुदाककाउलेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले षडानन्द नगरपालिका वडा नम्वर १ को सोमबारेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका सार्कीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई जिल्ला आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार