भोजपुरका एक हजार बढीलाई कोभिड–१९ को खोप लगाइने, यस्तो छ मापदण्ड


भोजपुर, १४ माघ । भोजपुरका एक हजार बढीले कोभिडको खोप पाउने भएका छन् । आजबाट शुरु भएको कोभिड विरुद्धको खोप अभियानमा एक हजार ३३५ जनालाई खोप दिइने स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।  अभियानको पहिलो दिन आज जिल्ला अस्पताल भोजपुरका मेडिकल अधिकृत, स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगाएत गरी १२८ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसंगै मात्रा पुरा हुने स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिसिल्ड कोरोनाविरुद्धको खोप जिल्लामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायीक स्वास्थ्य स्वयंसेविका, सरफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने जनाइएको छ ।

बुधवार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जिल्ला अस्पताल भोजपरका डाक्टर पवित्रा श्रेष्ठलाई खोप कार्ड हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका हुन । अभियान १० दिन अर्थात २३ गतेसम्म चल्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार