सरोकारवाला पक्षले समन्वय नगरि मानिस पठाउदा भयावह स्थिती आउन सक्छ :अध्यक्ष किरण राई


भोजपुर, २१ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । ४४ जनाको आरडिटि परीक्षण गर्दा जनप्रतिनिधी तथा स्वास्थ्यकर्मी सहित १६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि कोरोनाको संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका सिल गरिएको हो । तीन दिनको अवधीमा गाउँपालिकाका ६ जना स्वास्थ्यकर्मी,जनप्रतिनिधी सहित १६ जनामा आरडिटि पोजेटिभ देखिएपछि गाउँपालिकामा उच्च सतर्कता अपनाउदै गाउँपालका नगर्दा धेरैको आरडिटी पोजेटिभ आएपछि स्थानीय त्रसित भएका छन् । माक्स, पीपीई सेट, आरडिटी किट, भिटिएम, सेनिटाईजर जस्ता स्वास्थ्य सामाग्रीको अभावका कारण समस्या भएकाले प्रदेश तथा केन्द्र सरकासंग माग गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै स्थानिय तहसंग समन्वय नगरी प्रदेश तथा संघिय संसदहरुले मानिस पठाउने गरेकोले झनै समस्या भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । सरोकारवाला पक्षले समन्वय मानिस पठाउदा भयावह स्थिती आउने अध्यक्ष राईको भनाई छ ।

छोटो अवधीमा धेरै जनाको आरडिटी पोजेटिभ भेटिएपछि जिल्ला छिर्ने नाकाहरुमा उच्च सर्तकता अपनाएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । बढी मात्रामा आरडिटी पोजेटिभ आएको क्षेत्रको स्थलगत रुपमा अनुगमन गरि सुरक्षा व्यवस्थामा थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । आरडिटि रिपोर्ट पोजेटिभ आएका सबै जनालाई वडा नं – १ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयमा आइसोलेसन वार्ड निर्माण गरेर राखिएको छ । आरडिटी पोजेटिभ भेटिएपछि २२ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाईएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

पछिल्लो समय आरडिटी पोजेटिभ भेटिए पनि पिसिआर परिक्षणमा धेरैको रिपोर्ट नेगेटिभ आउने गरेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । तीन दिनको अवधीमा परीक्षण गर्दा १६ जनाको पोजेटिभ आउदा स्थानीयमा त्रास बढनु स्वभाविक रहेकाले पिसिआर रिपोर्ट नआए सम्म सजक रहनु पर्ने स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार