घुससहित इटहरीका कार्यवाहक वडाध्यक्ष रंगेहात पक्राउ


इटहरी, ३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले कार्यवाहक वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।मोरङको जहदा गाउँपालिका १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार शाहलाई मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीले साहलाई पक्राउ गरेको प्रबक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।ढकालका अनुसार उनले सडक मर्मत गर्ने क्रममा नगद २१ हजार रुपैँया घुस मागेका थिए । ‘सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा उनले २१ हजार रुपैँया घुस मागेका रहेछन्, ढकालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार