मुन्दम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा ‘राष्ट्रिय चित्रकला कार्याशाला’ शरु


भोजपुर, ५ जेठ । मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न भोजपरको पर्यटकीय स्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’ २०८२ शुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला सँस्कतिलाई चित्रमा उर्तानको लागि तीन दिने चित्रकला कार्याशाला सञ्चालन गरिएको हो ।

कार्याशालामा २० जना राष्ट्रिय चित्रकारहरुको सहभागिता रहेको छ । कलाकारहरुले मुन्दुम पदमार्गको प्रवद्र्धनको लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक साँस्कृति तथा किरात सस्कृतिसँग जोडिएका विभिन्न मिथक, विम्बहरुलाई चित्रमा उतार्ने चित्रकला विभागका प्रमख सञ्जय बान्तावाले जानकारी दिनुभयो । कलाको माध्यमबाट यहाँको रैथाने संस्कृतिलाईसमेत उजागर गर्न टेवा पुग्ने उहाँको भनाइ छ । चखेवामा पहिलो पटक हुन लागेको चित्रकला कार्याशालाले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ ।


“चित्रकलामार्फत यहाँको प्राकृतिकसँगै धार्मिक साँस्कृतिलाई चित्रमा उतारिने छ ” प्रमुख बान्तावाले भन्नुभयो, “२० जना कलाकारहरुले यहाँको यो पदमार्गसँगै यहाँको सवै क्षेत्रलाई चित्रमा समावेश गर्नु हुनेछ ।” चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै प्रवद्र्धन गर्ने लक्ष्यले राष्ट्रिय चित्रकला कार्याशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनभयो । चित्रकला प्रदशर्नीमार्फत यहाँको प्राकृतिक धार्मिक, साँस्कृतिक रहनसहनलाई देशविदेशसम्म चिनाउन सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।  गाउँपालिकाले मुन्दुम पदमार्गको विकास लागि योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । यो पदमार्गको विकास लागि विभिन्न जिल्लाका सात वटा स्थानीय तहले साझा धाराणा घोषणा गरेर प्रर्वद्धन तथा विकासमा जुटेको अध्यक्ष बस्नेतको भनाइ छ ।
“गाउँपालिकाले पर्यटन र कृषिलाई यहाँको मुख्य आधार बनाएर काम गरिरहेको छ”अध्यक्ष बस्नेतले भन्नुभयो, “पर्यटनलाई कलासँग जोडेर प्रचारप्रसार गर्न चित्रकला कार्याशालाको आयोजना गरिएको हो । यसले पदमार्गको प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”
यो वर्ष पनि नेपाल सरकार, गाउँपालिका र स्विस सरकारको लागत साझेदारीमा रु. एक करोड ९० लाख लागतमा पदमार्गको संरक्षणसँगै विस्तारको काम भईरहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
कार्याशाला टेम्केमैयुङ गाउँपालिकाको आयोजना, पर्यटन वोर्डको प्रवद्र्धन तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शुरु गरिएको हो ।  तीन दिन सम्म सञ्चालन हुने कार्यक्रम टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशालाका स‌‌याेजक नभराज माङ्गपाहाङ्ग  हुनेछ । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष हर्कराज राई स्थानीय व्यापारी लगाएत सरोकारवालाको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार