हतुवागढी गाउँपालिका गाउँसभाको १६ औँ गाउँ अधिवेसन सम्पन्न


भोजपुर, २७ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका गाउँसभाको १६ औँ गाउँ अधिवेसन सम्पन्न भएको छ । ९ औँ गाउँपालिका स्थापना दिवसको अवसर पारेर मंगलबार गाउँपालिकाको सभाहलमा सभा सम्पन्न भएको हो । गाउँसभामार्फत गाउँपालिकास्तरिय रु. एक करोड ३८ लाख ४० हजार र वडास्तरिय रु. २३ लाख ७५ हजार बजेट रकामात्तर गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । भौतिक र समाजिक विकासमा खर्च गर्ने गरी गाउँसभाबाट समग्रमा रु. एक करोड ६२ लाख १५ हजार बजेट रकमान्तर प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो ।

गाउँपालिका प्रशासनिक भवन निर्माणमा रुं एक करोडसँगै खानेपानी, स्वास्थ्य, शिक्षा, खेलकुद, सडक, कृषि कार्यक्रम, विद्यालयको निर्माण तथा भौतिक व्यवस्थापन खर्च गरिने उहाँले जानकारी दिनुभयो । सभाको अवसरमा आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति, राजस्व परामर्श समिति, न्यायिक समिति, योजना अनुगमन समिति, अर्थ तथा सार्वजनिक लेखा समिति र विद्यायन समितिको, अर्ध वार्षिक तथा वार्षिक प्रतिवेदन छलफल पश्चात पास गरिएको छ ।

गाउँपालिकाले समग्रमा हालसम्म प्राप्त बजेटको ४० प्रतिशत खर्च गरेको प्रशासकयि अधिकृत निरौलाले जानकारी दिनुभयो । सभामा उठेका जिज्ञासाहरुको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जबाफ दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार