एमाले पौवादुङमा गाउँ कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा देउमान राई निर्वाचित


भोजपुर, २४ कात्तिक । नेकपा(एमाले) भोजपुरको पौवादुङमा गाउँ कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट देउमान राईको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा पवित्रा भुजेल, सचिव कुसल कार्की, उपसचिवहरुमा वर्तमान राई, सरस्वती सुवेदी श्रेष्ठसहित ४५ सदस्यीय कमिटी चयन गरेको हो । त्यस्तै लेखा आयोग संयोजकमा बोम प्रसाद राई चयन गरेको छ ।

पौवादुङमा गाउँकमिटीका अध्यक्ष ज्ञानेन्द्र राईको अध्यक्षता तथा नेकपा(एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशनमा एमाले केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज प्रशुराम अधिकारी, केन्द्रीय सदस्य तथा भोजपुर ख इन्चार्ज हरिबहादुर राई, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा भोजपुर क इन्चार्ज सुरेन्द्र उदास, प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश राज्यमन्त्री सिर्जना राई, कोशी प्रदेश सदस्य तथा अरुण गाउँकमिटी इन्चार्ज, खड्ग पौडेल, प्रदेश कमिटी सदस्य तथा पौवादुङमा गाउँकमिटी इन्चार्ज कविता राई जिल्ला कमिटी अध्यक्ष मक्कर खड्का, पौवादुङमा गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला उपाध्यक्ष किरण राई, एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा तथा पौवादुङमा उपाध्यक्ष ज्योत्सना राईलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यहरु प्रेम कार्की, ध्रुव राई, एमाले जिल्ला कमिटी सचिव एक्सन राई, एमाले जिल्ला कमिटी उपसचिव तथा टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राई, नेकपा एमाले प्रदेश कमिटी सामाजिक सेवा विभाग सचिव अध्यक्ष शरण राई, जिल्ला कमिटी सदस्यहरु तथा एमाले नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

हालसम्म नौ वटा स्थानीय तह मध्ये एक नगर पाँच वटा गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार