प्रसिद्ध धार्मिक स्थल नागछाँगाको प्रर्वद्धन गर्न मेला लगाइदै


भोजपुर, २ भदौ । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटयिक स्थल नागछाँगाको प्रवद्र्धनको लागि मेला लगाइने भएको छ । प्रयाप्त प्रचार प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवद्र्धन गर्नको लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यहि भदौ ४ गते मेलाको आयोजना गरिएको हो । प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको रामप्रसादराई गाउँपालिका ६ का वडाध्यक्ष एकराज आचर्यले जानकारी दिए । यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एंव मेला व्यवस्थापन समिति गठन गरिने वडाध्यक्ष आचर्यको भनाइ छ । ‘‘हाम्रो ठाउँको प्रसिद्ध धार्मिक स्थल नागछाँगाको संरक्षणमा जुटेका छौँ’’ वडाध्यक्ष आचर्यले भने,‘‘यो संरक्षण तथा प्रचार प्रसार गर्नको लागि भदौ ४ गते मेलाको आयोजना गरेका छौँ । यसलाई प्रत्येक वर्षको नागपञ्चमीमा लगाउने निर्णयसमेत गरेका छौँ ।यसले यो क्षेत्रको प्रचार प्रसारमा टेवा पु¥याउने हाम्रो लक्ष्य हो ।’’

यहाँसम्म पुग्ने बाटोलाई श्रमदानमार्फत मर्मत तथा सरसफाई गरिने वडाध्यक्ष आचर्यले बताए । त्यस्तै नागछाँगाको किम्वतन्दीको समेत खोजी यसको थप महत्व लाई प्रष्ट्याउदै गंगाखोला गोल्मेभिर नागछाँगा थामडाँडा लगायत का धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसारमा वडाध्यक्ष आचार्य को भनाई छ । ढुङ्गाभरी नागको चित्र देख्न सकिने यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पुरा हुने स्थानीयको भनाइ छ । ढुङ्गाभरी जेलिएका नागको चित्र देखेर जो कोहि पनि अचम्मित हुने गरेका छन् । हेर्दा नै अनौठो लाग्ने यो ठाँउले सबैको मन लोभ्याउने गरेको छ ।
गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताए । अहिले पनि गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम गरिरहेको उनको भनाइ छ । यसको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार भईसकेकोले सोहि अनुसार विकासको काम अघि बढाउने अध्यक्ष राईले बताए ।

‘‘नागछाँगा एउटा प्रकृतिको उपहार हो’’ अध्यक्ष राईले भने, यो हाम्रो गाउँपालिको सम्पति पनि हो । यसको संरक्षणमा हामीले ध्यान दिदै आएका छौँ । यसको पर्याप्त प्रचार प्रसार हुन सकेको छैन । यहाँको महत्वलाई चिनाएर एक धार्मिक पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने हाम्र्रो योजना छ ।’’ गाउँपालिकाकाले नागछाँगासँगै पर्यटकीय क्षेत्र बेहेरेश्वर मन्दिर, पामखाङ्ग भञ्याङ्ग, चुलाचुली गुफा लगायत स्थानको पनि विकासमा ध्यान दिएको राईले बताए । स्थानीय श्रोत साधनको विकास तथा विस्तारमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले बताए । रामप्रसाद राईको जन्म भएको स्थान रहेकोले यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ । पर्यटकिय क्षेत्रको रुपमा विकास गरेर नागछाँगालाई गाउँपालिकाको आयश्रोतमा जोड्ने उनले बताए।

‘‘हाम्रो गाउँपालिका धेरै पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक स्थानीय तह हो’’ उपाध्यक्ष राईले भने,‘‘ यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर राम्रो आम्दानी लिन सकिने अवस्था छ । यस्ता ठाउँहरुको विकासका लागि काम गरिरहेका छौँ । पर्यटकीय क्षेत्रको विकास गर्दै यसलाई स्थानीयको आयश्रोतसँग जोड्ने हाम्रो लक्ष्य छ ।’’ नागछाँगा सरमुकामबाट करिब एक दिनको पैदल दुरीमा अवस्थित छ । वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा रहेको धार्मिक तथा पर्यटयिक स्थल नागछाँगाको प्रवद्र्धनको लागि एकजुट भएर लाग्ने वडा नं.२ का वडाध्यक्षराज कुमार तामाङ्गले बताए । यो छाँगाको उचाई करिब ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार