मन्त्री किरातीद्धारा भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास


भोजपुर, २६ साउन । भोजपुर विमान स्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रबार शिलान्यास गरेका हुन । जिल्लाको एक मात्र विमान स्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुर्दै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु.पाँच करोड ४५ लाख लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ ।

करिव एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन एक वर्ष छ महिना भित्र निर्माण हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीले जानकारी दिए । भवनमा निर्माणको जिम्मा आर वि अर्वन विल्डर्स एण्ड सप्लायर्स कम्पनीले लिएको प्राविधिकरणले जनाएको छ । यात्रुको चाप बढेको अवस्थामा सय जना यात्रुले सहज रुपमा टर्मिलन भवनको उपभोग गर्न सक्ने गरी डिजाइन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

करिव एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमान स्थल वि. स. ३०३५ अर्थात आज भन्दा ४५ वर्ष अघिबाट सञ्चालनमा आएको हो । पाँच सय ४५ मिटर लम्बाई र ३० मिटर चौडाई रहेको टक्सार विमान स्थलको धावनमार्ग २०७४ सालबाट कालोपत्र गरी सञ्चालनमा रहेको छ । यो विमान स्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर काठमाण्डौ उडान भर्दै आएको छ ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य भोजपुर (ख) का विनोद बान्तवा राई, भोजपुर नगरपालिका मेयर कैलास कुमार आले, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, विभिन्न सरकारी कार्यालयका, संघ संस्थाका प्रमुख तथा प्रतिनिधी सुरक्षा निकाय लगाएतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार