भोजपुर नगरपालिका -६ पूर्ण खोप सुनिश्चित वडा घोषणा


भोजपुर, २१ चैत । भोजपुर नगरपालिका -६ पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ । वडा भित्रका खोप लिनु पर्ने सवै उमेर समूहका बालवालिकाले खोप पाएसँगै वडालाई पूण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार