इलाका प्रशासन कार्यालय दिङलामा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या, तत्काल सेवा शुरु गर्न युवा संघको माग


भोजपुर, १५ चैत । भोजपुरको दिङ्लामा रहेको इलाका प्रशासन कार्यालय प्रमुख विहिन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय प्रमुख विहिन बनेसँगै नागरिकले सेवा पाउन नसकेपछि राष्ट्रिय युवा संघ नेपाल दिङ्ला नगर कमिटीले ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । लामो समयबाट इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा उत्तरी क्षेत्रका नागरिकहरुले सास्ती भोग्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ज्ञापन पत्र मार्फत तत्काल कार्यालय प्रमुखको व्यवस्था गरेर नागरिकलाई सहज सेवा लिने वातावरण बनाउन माग गरिएको छ । सात दिन भित्र माग पुरा नभए युवा संघले क्रमश आन्दोलनका कार्यक्रम गर्नेसमेत विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार