करुणा फाउण्डेसनद्धारा बालवालिकालाई खाद्य सामग्री वितरण


भोजपुर, ९ असार । करुणा फाउण्डेसनद्धारा भोजपुरको यशोधरा माध्यमिक विद्यालयका सुस्त मनस्थिति स्रोत कक्षाका बालबालिकाहरुलाई खाद्यन्न सामग्री वितरण गरेको छ । फाउण्डेसनको साताँै स्थापना दिवसको अवसरमा खाद्यन्न सामग्री वितरण गरिएको हो । फाउण्डेसनले मंगलबार विद्यालयमा अध्ययनरत बौद्धिक अपङता भएका १३ जना बालबालिकाहरुलाई चामल, दाल, तेल लगाएतका २४ हजार बराबरको सामग्री वितरण गरेको करुणा फाउण्डेसन भोजपुरका प्रमुख जनार्धन सुवेदीले जानकारी दिए । यस्ता कार्यक्रमले विद्यालय सञ्चालनमा सहयोग पुग्ने यशोधरा माध्यमिक विद्यालयको प्रधानध्यापक ध्रुर्वराज रेगमीले बताए । कार्यक्रममा करुणा फाउण्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरे र नेपाल अपंगता महासघ प्रदेश १ का अध्यक्ष नविन ढुङगेलकोसमेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार