रामप्रसादराई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मेहतालाई सम्मान सहित विदाई


भोजपुर २१ माघ । रामप्रसादराई गाउँपालिका भोजपुरमा विगत दश महिना देखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेपछि ससम्मान विदाई गरेको छ । उनले सो अवधिमा उल्लेखनिय प्रशासनिक सुधार गरी सेवा प्रवाहलाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी वनाएको भन्दै गाउँपालिकाले अधिकृत मेहतालाई कदरपत्र सहित विदाई गरिएको गाउँपालिका अध्यक्ष विजय राईले बताए ।

सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रवन्धमा एकदमै कमजोर रहेको गाउँपालिकालाई छोटो समयको कार्यकालमा उनले निकै परिवर्तन ल्याई सरल र सहज रूपमा सेवा प्रवाहको अनुभुती जनतालाई गराउन सफल भएको अध्यक्ष राईले बताए । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकनमा चालिस अंक भन्दा कम अंक ल्याएको उक्त पालिकाले उनको नेतृत्व पाएपछि छोटो समयमा उनान्साठी अंक ल्याउन सफल भएको बताए ।

आर्थिक अनुशासनमा विशेष जोड दिने उनको कार्यशैलीले लगभग नगन्य मात्रामा वेरूजु कायम हुन सकेको छ । उनको प्रशासनिक नेतृत्वकालमा वसाइएका जगहरू कायम नै रहने हो सो गाउँपालिकाको सेवा प्रवाह अरू स्थानीय तह भन्दा फरक र प्रभावकारी हुने विश्वास स्थानीयले लिएका छन् ।  उनको कार्यकालमा रामप्रसादराई गाउँपालिकामा भएका असल अभ्यासहरू, योजना कार्यक्रमको प्रगति विवरण वेभसाइट मै सार्वजानिक गरिएको छ । मेहेताको भोक्राहा नरसिंह गाउँपालिका सुनसरीमा सरूवा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार